दोलखाका रेग्मी नुवाकोटमा मृत्त भेट्टिए

Posted on: 25 Sep, 2017

असोज ९, नुवाकोट। दोलाखा साविक लाकुरीडाँडा गाविस वडा–३ का लोकप्रसाद रेग्मी नुवाकोटको विदुर नगरपालिका–१३ केसिंहस्वारामा मृत अवस्थामा भेट्टिएका छन् । 

व्यापारिक प्रयोजनको सिलसिलामा नुवाकोट आएका ३९ वर्षका रेग्मी सडक छेउमा आज बिहान मृत भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो । 

स्थानीयवासीका अनुसार खुद्रा सामग्रीको व्यापार गर्ने गरेका रेग्मी उधारो रकम उठाउन केही दिनअघि नुवाकोटमा आएका थिए । शव परीक्षणको लागि जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ । 

रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!