डडेल्धुरामा ब्रेक फेल भएको ट्रक घरमा ठोक्किँदा दुई जना घाइते

Posted on: 25 Sep, 2017

ललित बोहरा/असोज ९, डडेल्धुरा । डडेल्धुरामा ब्रेक फेल भएको ट्रक घरमा ठोक्किँदा दुईजना घाइते भएका छन् भने घर पूर्ण भत्किएको छ ।

ट्रकका चालक कैलाली घर भएका ३३ वर्षका अर्जुन राना र र सहचालक १६ वर्षका शुशिल राना घाइते भएका छन् । घाइतेमध्ये शुशिलको खुट्टा भाँचिएको र उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भैरहेको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट बिजुलीको पोलसमेत भाँचिएको छ ।

सोमबार दिउँसो साढे ३ बजेतिर अमरगढी नगरपालिका ११ रडुवामा ट्रकको ब्रेक फेल भएको हो । धनगढीबाट दिपायलतिर जाँदै गरेको बा ३ ख ८७७७ नम्बरको ट्रक ब्रेक फेल हुँदा सडकको दाहिनेतिर रहेको प्रेम सिंह बोहराको घरमा ठोक्किएको हो । घर पूर्णरुपमा भत्किएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!