२३ घण्टे कर्फ्यु जारी : सुरक्षाकर्मीलाई गोली चलाउने आदेश

Posted on: 02 Oct, 2017

सास । असोज १६, बर्दिया ।

हिजो गुलरिया नगरापालिका वडा नं. ११ अन्तर्गत गुलरिया नेपालगञ्ज हुलाकी सडकमा हिन्दू धर्मावलम्वीहरु र मुस्लीम धर्मावलम्वीहरुबीच बाटोको विषयलाई लिएर भएको असमझदारीका कारण उत्पन्न असामान्य परिस्थिति नियन्त्रण भन्दा बाहिर भएका कारण जिल्ला प्रशासन कार्यालय बर्दिलाले २३ घण्टे कर्फ्यु आदेश जारी गरेको छ ।

आज विहान १० बजेदेखी जारी गरीको कफ्र्यु भोलि असोज १७ गते विहान ९ बजेसम्म रहने जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको हो ।

सो समयमा हुलाकी सडकको लालपुर नहर चोक देखि गणेशपुर प्रहरी चौकी सम्म र दायाँ बायाँ ५०इ मिटरसम्म सार्वजनिक राजमार्ग लगायतका बाटाघाटा तथा ती स्थानहरुमा बन्द, घेराउ, तालबन्दी, तोडफोड तथा हुलदंगा, अशान्ति र हिंसक क्रियाकलाप गर्न सक्ने भएकोले सर्वसाधारणको जीउधनको सुरक्षाका साथै शान्ति, सुव्यवस्था र सार्वजनिक अमञ्चयन कायम गर्न कर्फ्यु आदेश जारी गरिएको हो । 

कर्फ्युको समयमा आदेशको वर्खिलाप गरी बिना स्वीकृत आवतजावत वा निषेधित कार्यहरु गरेमा सुरक्षाकर्मीहरुलाई गोली चलाउन सक्ने अधिकार दिइएको छ । 

हिजोको घटनामा परी दुबै पक्षका गरी ११ जना घाइते भएका छन् भने आज एक घुम्ती पसलमा आगजनी गरिएको छ । घाइतेहरुको जिल्ला अस्पताल बर्दियामा उपचार भैरहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!