संघ र प्रदेशको निर्वाचन स् पर्वत क्षेत्र न १ मा क्षेत्र न २ मा भन्दा १० हजार मतदाता बढि

Posted on: 05 Oct, 2017


पर्वत । आगामी मंसीर २१ गते हुने संघ र प्रदेशको निर्वाचनमा पर्वत क्षेत्र न १ मा कुल ५८ हजार ८ सय १९ मतदाता रहेका छन । कुल मतदाता मध्ये क्षेत्र न २ मा भने ४८ हजार ४ सय ७९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय पर्वतले जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार कुल १ लाख ७ हजार २ सय ९८ मतदाता रहेका छन ।


कुल मतदाता मध्ये १० हजार ३ सय ४० मतदाता पर्वत क्षेत्र न १ मा बढि छन । आगामी निर्वाचनमा क्षेत्र न १ बाट प्रदेश सांसदका लागि एक जना र क्षेत्र न २ मा प्रदेश सांसदका लागि १ जना चयन हुनेछन । उता, प्रतिनिधि सभाका लागि भने जिल्लाबाट १ जना मात्रै निर्वा्चित हुनेछन । यो निर्वाचनमा क्षेत्र न २ मा १० हजार ३ सय ४० मतदाता कम देखिएका छन ।


जिल्ला भरका मतदाताले प्रतिनिधि सभाका लागि मतदान गर्नेछन भने क्षेत्र अनुसारका मतदाताहरुले आफ्नो क्षेत्रका प्रदेश सांसदका लागि मतदान गर्नेछन । स्थानीय निर्वाचनको भन्दा झण्डै ८ हजार मतदाता अहिले थप भएको जिल्ला निर्वाचन कार्यालय पर्वतले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!