राहत शिक्षकले बुझाए ज्ञापन पत्र

Posted on: 20 Mar, 2016

प्रकाश धौलाकोटी, चैत ७, तेह्रथुम । जिल्लाका राहत शिक्षकहरुले हालै खुलेको माध्यमिक तहको शिक्षकको विज्ञापनमा उमेरको हदबन्दी नलगाई प्रतिष्पर्धामा भाग लिन पाउनुपर्ने माग गरेका छन् ।

आइतबार जिल्ला शिक्षा कार्यालयमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउदै उनीहरुले राहत शिक्षकहरुलाई पनि पोशाक भत्ता तथा दुर्गम क्षेत्रमा कार्यरतलाई दुर्गम भत्ताको समेत व्यवस्था गर्न माग गरेका हुन् ।

उनीहरुले सबै राहत दरबन्दीलाई सामान्य दरबन्दीमा रुपान्तरण गरी प्रक्रिया पुर्याएर स्थायी गर्न समेत ज्ञापन पत्र मार्फत माग गरिएको राहत शिक्षक संघर्ष समितिका जिल्ला अध्यक्ष रामकृष्ण निरौलाले बताए ।

जिल्ला शिक्षा अधिकारी खडानन्द पराजुलीले ज्ञापन पत्र बुझ्दै सो ज्ञापन पत्र तत्कालै शिक्षा मन्त्रालय पठाउने र आफुले सक्नेसम्म राहत शिक्षकहरुको हितमा पहल गर्ने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!