बझाङमा एकै दिनमा परे ८५ जना जडिँया प्रहरीको फन्दामा

Posted on: 07 Oct, 2017

सम्राट सिंह/असोज २१, बझाङ । सूदुरपश्चिमको धार्मिक तथा ऐतिहासिक सुर्मादेवी मेलामा एकै दिनमा ८५ जना जडिँयालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मदिरा सेवन गरी होहल्ला गर्ने तथा मेला बिथोल्न खोज्ने ८५ जना जडिँयालाई प्रहरीले नियन्त्रणमा लिएको हो । मदिरा सेवन गरी होलल्ला गर्नेलाई २ हजार ४ सय र मदिरा बिक्री बितरण गर्नेलाई ५ हजार जरिवाना गर्ने निर्णय भएको सुर्मा देवि मेला व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर बिष्टले बताए ।

जरिवानाबाट उठेको ६० प्रतिशत रकम सुर्मा देवी मन्दिर व्यवस्थापन समितिलाई र ४० प्रतिशत रकम प्रहरीलाई दिने निर्णय भएको उनको भनाइ छ । 

सुर्मादेवि मेलालाई भव्य रुपमा संञ्चालन गर्न जिल्ला खेलकुद विकास समितिले भलिबल, सास्कृतिक कला प्रतिष्ठान केन्द्रले नृत्य, बझाङ उद्योग बाणिज्य संघ र नेपाल पत्रकार महासंघ बझाङले डेउडा प्रतियोगिता आयोजना गरेको थियो ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!