डडेल्धुरामा करेन्ट लागेर एक बालिकाको मृत्यु

Posted on: 08 Oct, 2017

असोज २२, डडेल्धुरा । डडेल्धुरा सदरमुकाम नजिकै करेन्ट लागेर चार वर्षीया बालिकाको शनिबार बेलुका मृत्यु भएको छ । 

अमरगढी नगरपालिका– ४ हरडी घर भएका गणेश दमाईंको चार वर्षीया छोरी वर्षा दमाईंको करेन्ट लागी अस्पतालमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

अमरगडी चार त्ल्लो खलंगामा रहेको कैलाश फर्निचरमा खेलिरहेका अवस्थामा बिजुलीको तारलाई छुँदा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागी गम्भीर घाइते भएकी वर्षाको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब निरीक्षक चक्रराज जोशीले जानकारी गराउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!