दोलखामा आफ्नै छोराले गरे आमाको हत्या

Posted on: 08 Oct, 2017

ताराबहादुर महत । असोज २२, दोलखा । दोलखामा एक युवाले आफ्नै आमाको हत्या गरेका छन् । आज दिउँसो भिमेश्वर नगरपालिका वडा नम्बर ८ बोचको मोहर टोलका ३५ बर्षिय कुमार बस्नेतले आफ्नै आमा खड्गमाया बस्नेतको दाउरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । 

घरायसी कुराकानी भईरहेको अवस्थामा आमा छोराविच विवाद भएपछि घाँस काटीरहेको अवस्थामा छोराले दाउराले प्रहार गर्दा खड्गमायाको घटनास्थलमा नै मृत्यु भएको दोलखाका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

घटनामा संलग्न छोरा कुमार बस्नेतलाई आजै पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरी प्रमुख कार्कीले बताउनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!