निशुल्क मुटुरोग शिविरमा झण्डै आठ सयको परिक्षण

Posted on: 09 Oct, 2017

पर्वत । पर्वतमा संचालन भएको दुई दिने निशुल्क मुटुरोग शिविरमा झण्डै ८ सय जनाको स्वास्थ्य परिक्षण भएको छ । कुश्मा नगरपालिका र फलेवास नगरपालिकामा संचालन गरिएको दुइदिने शिविरमा गरी ८ सय भन्दा बढीको स्वास्थ्य परिक्षण गरिएको हो ।
पर्वत समाज बेल्जियमको आर्थिक सहयोग,लायन्स क्लव अफ शिवालय कुश्मा, पर्वतको आयोजना र मुटु जोगाउँ काठमाण्डौको प्राविधिक सहयोगमा उक्त शिविर संचालन भएको थियो ।


शिविरमा बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टाराईको नेतृत्वमा २० जना मुटु रोग विशेषज्ञ डाक्टरहरुले विरामीहरुको निशुल्क मुटुरोग परिक्षण गरेका थिए । मुटुरोगी मध्ये अधिकांस उच्च रक्तचाप, धुम्रपान, मोटोपना भएकाहरु हुने गरेको बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टाराईले बताए । शरीरमा बढी बोसो जमेमा मुटुरोग लाग्ने सम्भावना प्रवल हुने उनले बताए ।


दैनिक व्यायामले रोग न्युनिकरणमा सघाउने उनले सल्लाह दिए । नियमित व्यायामले रगतको कोलेस्टेरोल, ट्राइग्लिसराइड्स, मधुमेह तथा रोगका अन्य कारण तत्वहरु घटाउँछ । छाति दुख्ने, ढक्क फुल्ने वा भारी हुन सास फेर्न कठिन हुने, धेरै पसिना आउने जस्ता लक्षण देखापर्नासाथ समयमै चेकजाँच गर्न सल्लाह दिनुभयो । शिविरमा निशुल्क औषधी समेत वितरण गरिएको थियो ।


उक्त शिविरको नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सांसद सदस्य अर्जुनप्रसाद जोशीले उद्घाटन गरेका थिए । उनले मुटु हाम्रो अभिन्न अंग भएकाले यसको संरक्षणमा विशेष ध्यान दिन आग्रह गरे । उनले न्यून शुल्कमा गुणस्तरीय सेवा दिने अस्पतालको कमी रहेको अवस्थामा पर्वत समाज बेल्जियम र अन्य संस्थाहरुको सहयोगमा आयोजना गरिएको निःशुल्क मुटु रोग परिक्षण शिविरवाट बिरामीलाई प्रत्यक्ष फाइदा पुगेको बताए । उक्त शिविरलाई सहयोग पु¥याउने उद्देश्यले एनआरएनएका युरोप संयोजक कुल आचार्यले १ लाख रुपैया सहयोग समेत गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!