काठमाडौंमा गोली चल्दा गृहमन्त्रीको पद धरापममा अब के होला ?

Posted on: 09 Oct, 2017

असोज २३, काठमाडौं । अज्ञात समुहको गोली लागि मृत्यु भएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनका हत्यारालाई हदैसम्मको कार्वाही माग गर्दै प्रर्दशनकारीहरुले गृहमन्त्री जर्नादन शर्माको राजीनामा माग गरेका छन् ।

राजधानीको नयाँ बानेश्वरमा प्रहरी र प्रर्दशनकारी बीच झडप भैरहेको सहकर्मी मुकुन्द कासिलकोटेले जानकारी दिएका छन् । निर्माण व्यवसायीलाई रमेश बाहुन समूहले गोली प्रहार गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ।

महानगरीय प्रहरी प्रमुख एआइजी जयबहादुर चन्दले गौचनमाथि गोली प्रहार गर्न कारागारमा रहेका गुन्डा नाइके रमेश बाहुन भन्ने सुजन पौडेल समूहको संलग्नता हुन सक्ने बताएका छन्।

ठेक्कापट्टामा अवैध असुली गर्दै आएको बाहुन समूहले तीनदिन अघि मात्र गौचनमाथि हातपात गरेको एआइजी चन्दले बताए। बाहुन निर्माण व्यवसायी र रोडाढुङ्गा व्यवसायीसँग अवैध असुलीका लागि कुख्यात छन्। दुई वर्षअघि ललितपुरका मिनकृष्ण महर्जनलाई गोली हानेका बाहुन लागूऔषध मुद्दामा कारागारमा छन्।

नयाँ बानेश्वरको खरीबोट प्रयाग चोकमा आज दिउँसो गोली लागेका गौचनको उपचारका लागि सिभिल अस्पताल पुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो। गौचनको बाटोमै निधन भइसकेको अस्पतालमा कार्यरत डा विमल थापाले जानकारी दिएका छन्।

प्रहरीका अनुसार उनलाई टाउको, बायाँ कोखा र छातीमा तीन गोली लागेको छ। मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेको प्रहरी स्रोतले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!