टिकट लिन राजधानी आएका माके पर्वतका नेताको खैलाबैला (विज्ञप्ती सहित)

Posted on: 10 Oct, 2017


पर्वत, २४ असोज । नेकपा माओवादी केन्द्रमा उम्मेदवार विषयलाई लिएर खैलाबैला भएको छ । जिल्ला पार्टीले सिफारीस गरे लगत्तै माओवादी केन्द्रिय कार्यालयमा टिकट लिन पुगेका उम्मेदवारका दाबेदारहरुमा खैलाबैला मच्चिएपछि विवाद बाहिरिएको छ । जिल्ला पार्टीले गरेको निर्णयलाई बदर गर्न नहुने भन्दै आधिकारीक धारणा बाहिर आएको हो ।


एमाले–माओवादी केन्द्र र नयाँशक्ति पार्टीका बीच भएको एकतापछि केन्द्रमा सिट बाँडफाँडको कुरा चलिरहेका बेला माओवादी केन्द्रले प्रदेश नं ४ मा प्रतिनिधिसभाका १६ सिटमध्ये माओवादीले ७ सिट दावी गरेको छ । तर, स्थानीय तहको चुनावको परिणाम र सांगठानिक अवस्था हेर्दा माओवादीलाई बढीमा ४ सिट भन्दा छाड्न नसकिने एमालेका नेताहरुको निष्कर्ष रहेको छ ।


माओवादीले गोरखाका दुबै सीट दाबी गरेको छ । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई पनि गोरखाबाटै चुनाव लड्ने तयारीमा छन् । अहिले यो सबैभन्दा पेचिलो विषय बनेको छ कार्यदलमा । माओवादी कायकर्ताहरु सूर्य चिन्ह लिएर उम्मेदवार बन्न लागेका बाबुरामप्रति असाध्यै नकारात्मक देखिएको एक एमाले नेताले बताए ।


स्रोतका अनुसार माओवादीलाई गोरखा, तनहँ र बाग्लुङमा एक÷एक सीट दिन एमाले सहमत भएको छ ।


माओवादी नेता देव गुरुङले इच्छा व्यक्त गरेकाले एमालेका पृथ्वीसुब्बा गुरुङ सहमत भएमा माओवादीले लमजुङ पाउनेछ । कास्की र स्याङ्जामा भने माओवादीको जित्न सक्ने मत नभएकाले त्यहाँ दावी नगरेको एमाले नेता बताउँछन् । यद्यपि देव गुरुङले कास्की १ बाट चुनाव लड्ने रुची देखाएका छन् ।


मनाङ र मुस्ताङमा माओवादीको उपस्थिति कमजोर रहेकाले उसले म्याग्दीको प्रतिनिधिसभाको सीट दावी गरेको छ । सम्भवतः माओवादीले गोरखा, तनहुँ, लमजुङ, बाग्लुङ र म्याग्दी समेत गरी ५ सीट पाउने एमाले नेता बताउँछन् ।


No automatic alt text available.

यस बिषयमा तपाइको प्रतिक्रिया...!