धारिलो हतियारले घाँटी र पाखुरामा रेटी युवकको हत्या

Posted on: 10 Oct, 2017

असोज २४, इलाम । चुलाचुली गाउँपालिका–१ का १९ वर्षीय सन्दीप फागोको आज बिहान हत्या भएको छ । 

बिहान ४ बजेतिर उनी घरदेखि अन्दाजी एक किमी टाढा कमल भन्ने ठाउँमा धारिलो हतियारले घाँटी र पाखुरामा काटिई मृतास्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घटनास्थलमा प्रहरी चौकी पेल्टिमारीबाट प्रहरी टोली गई तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!