जिल्ला अस्पताल प्युठानलाई दुई करोड बराबरको आवास गृह हस्तान्तरण

Posted on: 10 Oct, 2017

सागर शर्मा/असोज २४, प्युठान । निक साईमन ईन्सिच्यूटले जिल्ला अस्पताल प्युठानलाई दुई करोड बराबरको आवास गृह हस्तान्तरण गरेको छ । 

मंगलबार एककार्यक्रम गरि उक्त आवास गृह हस्तान्तरण गरेको हो ।   विगत लामो समयदेखि स्वास्थ्य संस्था र स्वास्थ्य सेवामा काम गर्दै आईरहेको निक साईमन ईन्सिच्यूटले जिल्ला अस्पतालका स्वास्थ्य कर्मीहरुको आवासका लागी २ करोड बराबरको दुईतले भवन जिल्ला स्वास्थ्य विकास समितीलाई हस्तान्तरण गरेको हो । 


आफ्ना छोरा निक साईमनको सम्झनामा नेपालका विभिन्न स्थानमा स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको उक्त संस्थाले प्यूठान जिल्ला स्वास्थ्यका कर्मचारिहरुको आवासका लागी भन्दै दुई तले भवन निर्माण गरिदिएको हो ।  

नेपालमा काम गर्दैगर्दा आफ्नो छोराको निधनपछि नेपाल सरकार सगं सहकार्य गरेर स्वास्थ्य क्षेत्रमा सहयोग सुरु गरिएको निक साईमन ईन्स्च्यिूटका संस्थापक जिमले जानकारि दिए । 

उनका अनुसार नेपालका धेरै समुदाय स्वास्थ्य सेवावाट बञ्चित छन उनीहरुलाई छोराको सम्झनामा सहयोग गरिराखेका छौ । दुई तलामा निर्माण गरिएको स्वास्थ्य संस्थामा ९ वटा कोठाहरु रहेका छन् । 

स्वास्थ्य कर्मिको सहज ब्यवस्थापनका लागी स्वास्थ्य कार्यालय नजिकै आवास निर्माण गरेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक विसाल सुवेदिले जानकारि दिए । 

मंगलबार एक कार्यक्रम गरी जिल्ला स्वास्थ्य कार्यालय ब्यवस्थापन समितीका अध्यक्ष मेघराज पुरिलाई आवासको साचो निक साईमन ईन्सिच्यूटका दुवैजना जिम र मेरिलिन साईमन्सले हस्तान्तरण गरेका हुन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!