नायिका रेखा थापाको कार दुर्घटना

Posted on: 11 Oct, 2017

असोज २५, काठमाडौं । नायिका रेखा थापाको कार दुर्घटना भएको छ । 

बुधबार दिउँसो चाहविलस्थित ओम अस्पताल अगाडि नायिका थापाको बा १४ च ४७२ नम्बरको कार दुर्घटना भएको हो । 

नायिका थापाको बा १४ च ४७२ नम्बरको कारलाई बा २ ख ८६३२ नम्बरको ट्रिपरले ठक्कर दिएर दुर्घटना भएको गौशलाका ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए ।


दिउँसो करीब सवा १२ बजेतिर कारको पछाडिको भागमा ट्रिपरले ठक्कर दिए पनि नायिका थापालाई कुनै चोटपटक लागेको छैन । ट्रकले ठक्कर दिँदा कारको पछाडिको ढोका पट्टीको भाग स्क्र्याच भएको छ ।  

रेखाले आफू सकुशल रहेको बताएकी छिन् । दुर्घटना पश्चात रेखा र ट्रक चालकलाई गौशला प्रहरी वृत्त लगिएको थियो । प्राप्त जानकारी अनुसार, टीभी फिल्मीमा अन्तर्वाता दिएर मित्र पार्कमा रहेको अम्बे अर्पाटमेन्ट फर्किँदै गर्दा उनको कारलाई ट्रकले ठक्कर दिएको हो । 

रेखा आफैँले कार हाँकेकी थिइन् । ट्रिपर चालक र नायिका थापा गौशला प्रहरीमा छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!