सिन्धुपाल्चोकमा भएका छुट्टाछुट्टै घटनामा एकको मृत्यु, एक बेपत्ता

Posted on: 12 Oct, 2017

असोज २६, चौतारा । सिन्धुपाल्चोकको मध्य भोटेकोशी जलविद्युत् आयोजनामा काम गर्ने एक चिनियाँ नागरिक बुधबार भोटेकोशी नदीमा बेपत्ता भएका छन् । 

साथीसँग माछा मार्न गएका ३० वर्षीय योङ खा लिन बाह्रबिसे नगरपालिका–२ स्थित सिरीसे भन्ने स्थानबाट बेपत्ता भएको र उनको खोजी भइरहेको इप्रका बाह्रबिसेले जनाएको छ । उनीसँगै गएका अर्का चिनियाँ नागरिकले नदीको किनारामा रहेको ढुंगामा चिप्लिएर नदीमा बगेको देखेपछि आयोजनामा खबर गरेका थिए । 

त्यसैगरी इन्द्रावती गाउँपालिका–२ कुन्चोक निवासी ३४ वर्षीय नवराज थापाको मिनी ट्रक दुर्घटनामा परी मृत्यु भएको छ । जौडाँडा भन्ने स्थानमा आफैंले चलाएको बा ४ ख ३०४ नं को मिनी ट्रक सडकबाट करिब १०० मिटर तल खसेर घाइते भएका थापाको काठमाडौँको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!