गुल्मीका जनप्रतिनिधीहरुलाई गरिवी निवारण सम्वन्धी अभिमुखीकरण

Posted on: 12 Oct, 2017

प्रेम सुनार | असोज २६, गुल्मी | गुल्मीका जनप्रतिनिधीहरुलाई आजदेखि एक संस्थाले उद्यमशिलता र गरिवी निवारण सम्वन्धी अभिमुखीकरण तालिम दिन सुरु गरेको छ । जनविकास केन्द्र गुल्मीको आयोजनामा  लघुवित्त विकास कार्यक्रम क्षेत्रिय कार्यालय दाङले  आज देखि धुर्कोट गाउँपालिकाका जनप्रतिनिधीहरुबाट यस्तो तालिम दिन सुरु गरेको हो ।

गत चार वर्ष देखि ५ वटा स्थानिय तह धुर्कोट, रेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिका, चन्द्रकोट गाउँपालिका , सत्यवती गाउँपालिका र मदाने गाउँपालिकामा उद्यमशिल जनशक्ति उत्पादन र गरिवी निवारण सम्वन्धी कार्यक्रम सञ्चालन गरेको  छ ।

तर यस्तो अभिमुखिकरण भने  जिल्लाका सवै स्थानिय तहका  जनप्रतिनीहरुलाई   दिईने  संस्थाका क्षेत्रिय कार्यक्रम प्रवन्धक भिमबहादुर विष्टले जानकारी दिए ।  यस वर्ष मात्रै १ सय ९० जना उद्यमशिल जनशक्ति उत्पादन गरेको सो संस्थाले अव पालिका स्तरमा आफैले पनि उत्पादन गरेर उद्यमशिलताको वातवरण मिलाउनु पर्नेमा क्षेत्रिय प्रवन्धक विष्टले जा्ेड दिए ।

उद्योग मन्त्रालयबाट सञ्चालिन यस कार्यक्रमलाई युएनडिपी  र युएसएड नामक दातृ निकायले सहयोग गरेको विष्टले बताए । यो कार्यक्रम गुल्मीमा निकै प्रभावि रहेका घरेलु तथा  साना उद्योग विकास समिति गुल्मीका नासु मोदनाथ ज्ञवालीको भनाई रहेको छ ।

अभिमुखी कार्यक्रमलाई सम्वोधन गर्दै धुृर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले  त्यस गाउँपालिकाले उद्यमशिल सिप विकास,  कृषिलाई आधुनिकिरण र आयआर्जन मुलक कार्यक्रम सञ्चालन गरेर गरिवी निवारणमा जोड दिएको बताएका थिए । संस्थाको उद्देश्यका वारेमा सरकार सहयोग वजार विकास विज्ञ उत्तम ढुङ्गानाले प्रकाश पारेका थिए ।

कार्यक्रमममा गाउँपालिमा उपप्रमुख शिवबहादुर खत्री , ७ वटै वडाका वडाध्यक्ष र गाउँपालिका कार्यसमितिका सदस्यहरु सहभागी थिए । आयोजक संस्था जनविकास केन्द्रका उपाध्यक्ष  हरिप्रसाद घिमिरेको सहजीकरण रहेको कार्यक्रमा टिकाराम पोखरेलले अध्यक्षता गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!