कञ्चनपुरमै पहिलो पटक व्यवस्थापन विषयमा अनुसन्धान आधारित सम्मेलन हुँदै

Posted on: 12 Oct, 2017

भास्कर के.सी | असोज २६, कञ्चनपुर | पोखरा विश्वविद्यालयबाट सम्बधन प्राप्त विक्रस्टन कलेजले व्यवस्थापन विषयमा अनुसन्धान आधारित सम्मेलन गर्ने भएको छ । यस्तो कार्यक्रम कञ्चनपुर जिल्लामौ पहिलो पटक हुन लागेको कलेजको दावी रहेको छ भने यस कार्यक्रमबाट सुदुरपश्चिमका व्यवस्थापन संकायमा अध्यनरत विद्यार्थीहरु र अध्यापनरत प्राध्यापकहरु पनि लाभान्वित हुने कलेजले जनाएको छ ।

दुई दिन चल्ने उक्त सम्मेलनमा व्यवसाय सञ्चालनका अवसर र चुनौतीहरु नविनतम अवधारणाहरु समाजको आवश्यकता अनुसार उत्पादन मुलक र व्यवसाय मुलक जनशत्तिलको निमार्ण कसरी गर्ने बारेमा शिक्षा विद्व, शिक्षक, विद्यार्थी र व्यवसायी संस्थाका विचमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

सो कार्यक्रममा प्रमुख वक्ताहरु डक्टर हेमराज पन्त, मिस्टर शिवहरि मुडभरी, डक्टर वि.एस, मोसाल, डक्टर मुकेश पाण्डेय, एम.जे एफ डिके ढुङ्काना, डाक्टर दिपक प्रकाश भट्ट, वि.के. महिमा र मिस्टर सुरेन्द्र राज ओझा रहेका छन् । सम्मेलनमा कैलाली र कञ्चनपुरका व्यवस्थापन विषय पढी रहेका निजी तथा सरकारी क्याम्पसका विद्यार्थीहरु लगायत व्यवसायीक व्यक्तित्वहरु, वित्तय संस्थाका प्रमुखहरु रहेकाछन् ।

उक्त  असोज २८ , २९ गते हुने सम्मेलनको उद्दघाटन पूर्व भौतिक तथा यातायत मन्त्री रमेश लेखकले गर्नेछन् भने कार्यक्रमा भारत नेपालका व्यवस्थापन विञहरुले कार्यपत्र प्रस्तुत गर्ने रहेको छ ।  

यस क्रार्यक्रमबाट विभिन्न कलेजका विद्यार्थीहरु लाभान्वीत हुने र व्यवहारिक मुलक शिक्षाको अवसरको रुपमा यो सम्मेलन रहेको ब्रिक्सटन कलेजका प्रिन्सीपल निशा भट्टले बताउनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!