छात्रालाई शौचालयमा लगि ५०० को लोभ देखाई दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

Posted on: 12 Oct, 2017

लोकेन्द्र प्रशाद जोशी | असोज २६, दार्चुला । दार्चुलामा विद्यालयमै बहिनि नातापर्ने छात्रालाई दुव्र्यवहार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् ।

जिल्लाको नौगाढ गाउँपालिका १ मा रहेको दुर्गा भवानी प्राथमिक विद्यालयमा कार्यरत शिक्षक मोहनलाल ठगुन्नाले बहिनी नाता पर्ने छात्रामाथि दुव्र्यवहार गरेको भनी प्रहरीमा उजुरी परेपछि पक्राउ गरेका हुन ।

असोज २२ गते शिक्षक ठगुन्नाले छात्रालाई दुव्र्यवहार गरेको भनी उनका दाईले प्रहरीमा उजुरी दिएपछि प्रहरीले शिक्षकलाइ प्रक्राउ गरेको हो ।

विद्यालयको शौचालय सफा गर्न भन्दै शौचालयमा लगेर ५०० नगद दिने र तिहारमा लुगा किनिदिने प्रलोभन देखाई  कक्षा ५ अध्ययनरत एक छात्रालाई ठगुन्नाले दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ ।

शिक्षक ठगुन्नालाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दार्चुला पठाइएको प्रहरी चौकी दल्लेखले जनाएकोे छ ।

साथै विद्यालय व्यवस्थापन समितिको बैठक बसी शिक्षक ठगुन्नालाई बर्खास्त गर्ने निर्णय समेत गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!