पर्बतमा नागरिता बनाउन गएकी महिलालाई दुर्व्याबहार, ३ हजार घुषको आरोप

Posted on: 13 Oct, 2017

असोज २७, पर्वत । फलेवास नगरपालिकाका ७ का वडा अध्यक्ष हरिराम रेग्मीले महिला सेवाग्राहीमाथि दुव्र्यवहार गरेको खुलासा भएको छ । 

फलेवास ७ लिमिठानाकी सरिता पाण्डेलाई वडा अध्यक्षले  गालीगलौज र हातपात गरेका हुन् । पाण्डेका अनुसार नागरिकताको प्रतिलिपी सिफारिस लिन गएको वेला वडाध्यक्ष रेग्मीले पहिला सिफारिस दिन नमानेको र पछि विवाद झिक्दै कार्यालयवाटै हातपात गरेर गलत्याएका थिए ।

सरिता पाण्डे आफ्नी वहिनी सविना पाण्डेको नागरिकता हराएपछि प्रतिलिपी सिफारिस गर्न पुगेकी थिईन । ‘वहिनी सविना रेग्मीको नागरिकता आगोले जलेको थियो, नागरिकता भित्र पानी पसेर अक्षर समेत बुझिएको थिएन, उनले भनिन, ‘मैलै वडा अध्यक्षलाई अर्को नागरिकता बनाउन पर्ने भएकाले सिफारिस बनाईदिनु पर्यो भनेकी थिएँ । ‘उहाँले मेरो जागिर खान आएकी होस् भन्दै हातपात गर्नुका साथै दुव्र्यवहार गर्नुभयो ' पीडित पाण्डेले भनिन् - 'मैले गुहार पनि मागेकी हुँ' । ‘वडाध्यक्षले गलत्यार निकालेपछि सचिवसंग सम्पर्क गरेर उनले सिफारिस त वनाईन तर ३ हजार रुपैयाँ घुस खुवाएर उनले सिफारिस वनाएको जानकारी दिएकी छिन् ।

‘सचिव रामवहादुर परियारले ३ हजार रुपैयाँ मागेको पिडितको गुनासो छ । सचिवले तपाईको काम हुन्छ चिया खर्च दिनुपर्यो भन्नुभयो’ । मैले ३ हजार रुपैयाँ झिकेर दिँए सविनाले भनिन् । तर गाविस सचिवले भने २ सय रुपैयाँ दस्तुर लिएको दावी गरेका छन् । सचिव परियारले भने ‘मैले नियमानुसार लिनुपर्ने दस्तुर लिएको हा, त्यस वाहेक एक रुपैयाँ लिएको भए जुनसुकै कारवाहि भोग्न तयार छु ।

वडा अध्यक्ष हरिरामले भने  नागरिकता केरेर आएको र जन्ममिति सच्चाउन खोजेको र उनले विवाद वढाएको वताए । नागरिकता ऐनमा नागरिकताको विवरण संसोधन गर्न नमिल्ने नियम छ । त्यहि भएर आफुले संसोधन गर्ने गरि सिफारिस दिन नसक्ने वताएपछि ति महिला सन्किएर अनेकन आरोप लगाएको रेग्मीले वताए । उहाँले ३२ सालको नागरिकतालाई ३८ सालको बनाएर ल्याउनु भएको रैछ । आफै सच्चाएर बनाएकी रैछिन । अहिले सचिव सर हुनुहुन्न सचिव सर आएपछि प्रतिलिपी दिने कुरा हो । सचिव आएपछि दिउँला भनेको हुँ रेग्मीले आफ्नो वचाउ गर्दै भने । 

माथिको तश्विरमा: फलेवास नगरपालिकाका ७ का वडा अध्यक्ष हरिराम रेग्मी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!