तेह्रथुममा मुटु कसरी बचाउने भन्नेबारे निःशुल्क प्रशिक्षण

Posted on: 13 Oct, 2017

असोज २७, तेह्रथुम | तेह्रथुमको म्याङलुङ्गमा मुटु रोगसम्बन्धी एक दिने निःशुल्क प्रशिक्षण भएको छ । 

कार्यक्रमम मुटुलाई कसरी बचाउन सकिन्छ भन्ने विषयमा गंगालाल हृदय केन्द्रका वरिष्ठ मुटु रोग विशेषज्ञ डा.युवराज तेयुङले प्रशिक्षण गर्नुभयो । गृहजिल्ला आएका डा.तेयुङले मुटु रोगबाट जिल्लाबासीले तड्पिनु नपरोस् भन्ने ध्येयले निःशुल्क एक दिने प्रशिक्षणमा सहभागी भएको बताउनुभयो । किराँत याक्थुङ चुम्लुङ जिल्ला शाखाले आयोजना गरेको कार्यक्रममा जिल्लाका ५० बढी स्थानीयबासीहरु सहभागी भएका थिए । 

डा. तेयुङ यहाँको सोल्मामा जन्मिएर हाल गंगालाल हृदय रोग केन्द्रमा मुटु रोग विशेषज्ञको रुपमा कार्यरत हुनुहुन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!