नेपाल प्रेस सोसाईटी पर्वत नेपाल प्रेस सेन्टरमा धु्रवीकरण

Posted on: 14 Oct, 2017

पर्वतमा सक्रिय पत्रकारका दुई संगठनहरु विच एकता भएको छ । शनिवार एक कार्यक्रमको आयोजना गरी नयाँ शक्ति निकट पत्रकार संगठन नेपाल प्रेस सोसाईटी पर्वत र माओवादी केन्द्र निकट पत्रकार संगठन विच धु्रविकरण भएको हो ।

नेपाल प्रेस सोसाइटी पर्वत माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टरमा ध्रुवीकरण भएको जनाइएको छ । धु्रविकरण भएको घोषणा कार्यक्रममा दुवै पत्रकार संगठनमा आवद्ध पत्रकारहरु सहित राजनीतिक दलका नेतृत्व पंक्तिको समेत सहभागीता थियो । गत वर्ष नयाँ शक्ति पार्टी जन्मिएसँगै यो प्रेस साइटी नेपाल नामक पत्रकार संगठन पनि जन्मिएको थियो । सो अवसरमा माओवादी केन्द्रका केन्द्रिय सदस्य नेत्र अधिकारी हिमालले यी दुई संगठन बिचको एकताले आर्थिक समृद्धि र समाजबाद स्थापनाका लागि शसक्त भुमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बु्द्धिजीवि संगठन पर्वतका अध्यक्ष जगदिश शर्मा पौडेल, माओवादी केन्द्र आयोजक समिति सदस्य एवं युवा नेता मिनराज केसी अविरल, नेपाल प्रेस चौतारीका जिल्ला सचिव कृष्ण अखेली लगायतले बोलेका थिए । पे्रस सेन्टर नेपाल पर्वतका अध्यक्ष प्रनिश गिरीले मुलुकमा बाम एकतालाई सफल पार्न र समाजवाद उन्मुख विचारधाराको प्रवद्र्धनमा पत्रकारहरुको कलम जुझारु तवरबाट लाग्नुपर्नेमा जोड दिए । विकास समृद्धि अव सम्भव गराउन प्रेसको भूमिका हुने भएकाले अव प्रेस सेन्टरमा रही काम गर्न प्रतिवद्ध रहेको प्रेस सोसाइटी पर्वत अध्यक्ष राजबाबु पिसीले बताए ।

प्रेस सेन्टर पर्वतका अध्यक्ष प्रनिश गिरीको अध्यक्षता र प्रेस सेन्टर प्रदेश नम्वर ४ का सहसचिव मुरारी संगमको संचालनमा भएको कार्यक्रममा स्वागत सार्जन पौडेलले गरेका थिए । कार्यक्रममा माओवादी केन्द्रका नेताहरु ढाकाराम गौतम सन्देश, दिपक आचार्य आकास, शंकर गिरी लगायतको उपस्थिती रहेको थियो ।

प्रेस सोसाईटीका प्रदेश ४ का सदस्य सार्जन पौडेल, ज्ञान प्रसाद भुषाल, उत्तम परियार लगायत पर्वतको सिङ्गो कार्य समिति नै प्रेस सेन्टरमा धु्िरवकरण भएको सोसाइटीका अध्यक्ष पिसीले जनाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!