पत्रकार आबद्धता तालिम चरिकोटमा शुरु

Posted on: 14 Oct, 2017

ताराबहादुर महत । असोज २८, दोलखा । प्रेस कानुन र आचारसंहिता सम्बन्धि तीन दिवसीय पत्रकार आबद्धता तालिम आजबाट चरिकोटमा शुरु भएको छ ।

सुचना विभागको आयोजना र नेपाल पत्रकार महासंघ दोलखा शाखाको संयोजनमा संचालित तालिममा विभिन्न संचार माध्यममा कार्यरत करिब ३० जना पत्रकारहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । 

तालिमको सहजीकरण नेपाल पत्रकार महासंघका पुर्व सभापति डाक्टर शुरेस आचार्य र पत्रकार तोया गौतमले गरिरहनुभएको छ । तालिमको उद्घाटन समारोहमा बोल्नुहुँदै नेपाल पत्रकार महासंघका पुर्व केन्द्र्रिय सदस्य चिरञ्जीवी मास्के, दोलखा शाखाका पुर्व अध्यक्षहरु राजेन्द्र मानन्धर, उद्धबप्रसाद पोखरेल लगायतले मन्तव्य राख्नुहुँदै अहिलेको पत्रकारिता क्षेत्रलाई धेरै हदसम्म व्यवस्थित गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

तालिम सोमबार सम्म संचालन हुने सुचना विभागका शालिग्राम कोईरालाले जानकारी दिनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!