डडेल्धुरामा कैदीबन्दीहरुले मुँडा उत्पादन गरि मनग्य आम्दानी गर्दै

Posted on: 15 Oct, 2017

असोज २९, डडेल्धुरा | जिल्ला कारागार कार्यालयमा रहेका कैदीबन्दीहरुले मुँडा उत्पादन गरि मनग्य आम्दानी गर्न थालेका छन ।

खाली समयलाई सदुपयोग गरेर कैदीहरुले मुँडा बनाउदै बेच्दै गर्दा आम्दानीको स्रोत बनएका हुन । जिल्ला कारागारमा रहेका बन्दीहरुले कच्चा समाग्रीहरु खरिद गरि मुँडा बनाउने काममा जुटेका छन् ।

दिनभर बसेर बिताउनु भन्दा आय स्रोत पनि हुने र समय पनि सदुपयोग हुने हुँदा आफुहरु यस तर्फ आकर्षित भएको कैदीहरुको भनाइ छ । बस्ने मुँडा बनाउने सिप सिकेपछि कारागार कार्यालयमा रहेका ४८ जना कैदी बन्दी मध्ये दश बाह्र जनाले दिनहुँ मुँडा बनाएर समय गुजार्नुका साथै अतिरिक्त आम्दानीको श्रोत पनि बनाएका हुन ।

आफुहरुको खाली खेल खेलेर मात्र दिन विताउदा उपलब्धी केही नहुने हुँदा आफुहरुले बस्ने मुडा बनाउने सिप सिकेर घर खर्च पनि पठाउने गरेको कैदी दिपक बोहराको भनाइ छ ।

उनका अनुसार सिप हामीले सिकेको भए पनि कच्चा पदार्थ जुटाउन भने मुस्किल पर्ने गर्दछ । आफूहरु कारागार भन्दा बाहिर जान नपाउने कारागारले समुन्वय गरेर बाहिरबाट बाँस, निगालो, टायर आदि मगाउदा महंगो पर्ने बोहराको भनाई छ ।

कैदीबन्दीहरुले आफ्नै लगानीमा बाँस निगालो, आवश्यक साईजको प्लाष्टिकको रक्सी, सरिया तथा साईकलको टायर जस्ता विभिन्न सामग्रीहरु प्रयोग गरि दैनिक एक देखि दुई सम्म मुँडा बनाएर बिक्रिका लागि राखेका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!