जेसी निति सम्बन्धि दुई दिने तालिम

Posted on: 15 Oct, 2017

असोज २९,  डडेलधुरा | लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (जेसी) निती सम्बन्धी दुई दिने तालिम डडेल्धुरामा संचालन भएको छ । सेसी नेपालको आर्थिक सहयोग तथा ग्रामिण वातावरण विकास केन्द्र डडेल्धुराद्धारा संचालित सुशासन परियोजनाको  सहजीकरणमा  तालिम संचालन भएको हो ।


तालिममा लैङ्गिक र लैङ्गिकताको आधारमा हुने विभेद, समाजिक समावेसीकरण तथा बहिस्करण  र समाजमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पार्ने सकारात्मक तथा नकारात्मक पक्षको बिषयबस्तुमा केन्द्रित रहेर दुई दिन सम्म अमरगढी नगरपालिका र नवदुर्गा गाँउपालिकाका प्रत्येक वडाबाट एक नागरिक समाजका संस्थालाई तालिममा सहभागी गराएको सुशासन परियोजनाका जिल्ला कार्यक्रम संयोजक मेनका शाहीले जानकारी दिनुभयो । तालिमको उद्धेश्य सहभागीहरुले जैविक लिङ्ग तथा लैङ्गिकताबारे जानकारी पाउने, लैङ्गिक समानता र समताबीच फरक छुट्याउन सक्ने बनाउने, लैङ्गिक समानता तथा समाजिक समाबेशीकरण निती बनाउन सक्ने रहेको सुशासन परियोजनाका जिल्ला कार्यक्रम संयोजक शाहीले बताउनु भयो ।

तालिममा सेसी नेपालका जेसी स्पेसिलिष्ट सुर्यलक्ष्मी बज्राचार्य, सेसी नेपालका सरकार सरोकार विज्ञ विनोद उपाध्याय, सेसी सुशासन परियोजनाका क्षेत्रिय कार्यक्रम संयोजक महेन्द्र शाही, ग्रामीण वातावरण विकास केन्द्र डडेलधुराका अध्यक्ष सिद्धराज भट्ट लगायतको उपस्थिति रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!