केकुलेको भिरको ढुङ्गा खसेर एक जनाको ज्यान गयो

Posted on: 15 Oct, 2017

प्रेम सुनार | असोज २९, गुल्मी | अहिले साँझ केहि वेर अघि तम्घास अर्खले नयाँगाउँ प्युठान सडक खण्डको केकुलीको भिरबाट ढुङ्गा खसेर एक जनाको ज्यान गएको छ ।  रेसुङ्गा नगरपालिका वडा नम्वर ४ को रैदीमा बाटो हिड्दै गरेका नाम नखुलेका अन्दाजी ३५ वर्षिय पुरुषको ज्यान गएको घटना स्थलमा पुगेका प्रहरीले बताएका छन् ।

  उक्त सडकको स्तरबृद्धि गर्ने क्रममा विशाल चट्टान रहेको केकुलीको भिरमा केहि दिन अघि वलाष्टीङ्ग गर्दा सिङ्गो पाहड नै खसेर सडकको समेत नामोनिशान मेटाई दिएको थियो । मृत्यु हुने कहाँका र को व्यक्ति हुन भन्ने हुलिया नखुले प्रहरीले जानकारी दियो । घटना स्थलमा पुगेका प्रहरी नायव निरीक्षक शिव खत्रीले दिएको जानकारी अनुसार मृतकको टाउँमा गम्भीर चोट लागेको छ ।

 माथीबाट ढुङ्गा खस्दै गरेको र ति व्यक्तिको टाउँकोमा बज्रिएको देख्ने स्थानिय भएको खत्रीले बताए । केकुलेको डाँडो नै वलास्टीङ गर्ने क्रममा खस्दा जोखिम पुर्ण बनेको छ तल रैदीको यात्रा र स्थानियवासीलाई । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!