दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु

Posted on: 16 Oct, 2017

लोकेन्द्र प्रशाद जोशी | असोज ३०, दार्चुला । दार्चुलामा भीरबाट लडेर एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । 

जिल्लाको मार्मा गाउँपालीका वडा नम्बर ५ का ५५ वर्षीया नर्मा धामीको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।

आइतबार विहान घाँस काट्न गएका धामी भीरबाट लडेर ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ । मृतक धामीको श्रीमान, २ छोरा र २ छोरी छन् ।

दार्चुलाका ग्रामीण क्षेत्रमा यो समय खर काट्ने भएकोले घाँस काट्ने क्रममा वर्षे्नि महिलाहरुको अकालमै ज्यान जाने गरेको छ ।

पशुपालन गर्ने ग्रामीण क्षेत्रका किसानहरुका लागि आधुनिक चारो व्यवस्थापन गर्न नसकिनु तथा चरन क्षेत्र व्यवस्थापन गर्न नसक्दा यस्ता घटनाहरु हुने गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!