यिनको पहिचान अझै हुन सकेन

Posted on: 16 Oct, 2017

प्रेम सुनार | असोज ३०, गुल्मी । आईतवार साँझ तम्घास अर्खले नयाँगाउँ प्युठान सडक खण्डको केकुलीको भिरबाट ढुङ्गा खसेर मृत्यु भएका  एक जना व्यक्तिको पहिचान अझै हुन सकेको छैन । हिजो रेसुङ्गा नगरपालिका वडा नम्वर ४ को रैदीमा बाटो हिड्दै गरेका नाम नखुलेका अन्दाजी ३५ वर्षिय पुरुषको ज्यान गएको थियो ।


शव जिल्ला असपतालको पोष्टमार्टम स्थलमा राखिए पनि पहिचन हुन प्रहरीले जनाएको छ  । जिल्ला प्रहरी कार्यालका निमित्त प्रमुख डिएसपी गंगाबहादुर थापका अनुसार  मृतकको टाउँमा गम्भीर चोट लागेको छ ।  कल्छउँदो वर्णका उनको  रातो टिर्शट खैरो पाईन्ट लगाईएको छ भने उनले हल्का  दारी जुँगा पालेका छन् । आफ्नो परिवारको सदस्य भएको आशंका लागे प्रहरीमा सम्पर्क राख्न अपिल गरिएको छ ।

 उक्त सडकको स्तरबृद्धि गर्ने क्रममा विशाल चट्टान रहेको केकुलीको भिरमा केहि दिन अघि वलाष्टीङ्ग गर्दा सिङ्गो पाहड नै खसेर सडकको समेत नामोनिशान मेटाई दिएको थियो । मृत्यु हुने कहाँका र को व्यक्ति हुन भन्ने हुलिया नखुले प्रहरीले जानकारी दियो ।

 माथीबाट ढुङ्गा खस्दै गरेको र ति व्यक्तिको टाउँकोमा बज्रिएको देले स्थानिय भएको खत्रीले बताए । केकुलेको डाँडो नै वलास्टीङ गर्ने क्रममा खस्दा जोखिम पुर्ण बनेको छ तल रैदीको यात्रा र स्थानियवासीलाई । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!