ईमान बचाउन ईस्लामिक शिक्षाको आवश्यक्ता

Posted on: 16 Oct, 2017

असोज ३०, परासी । सुनवल नगरपालिका ९ स्वाठीमा मुस्लिम समुदाकायको मिलादी कार्यक्रम सम्पन्न भएको छ । 

स्वाठी निवासी मौलाना सफिउल्लाह अंसारीको दस्तारबन्दी भएपछि उनले सो खुशीको अवसरमा मिलादी कार्यक्रम आयोजना गरेका थिए । भारतको उत्तर प्रदेश सिद्धार्थ जिल्ला स्थित मदरसा दारुलओलुम फैजुर्रसुल बराँव शरिफमा अध्ययनरत मौलाना अंसारीको पढाई पुरा भएर धर्मावलम्बीको दर्जा प्राप्त गरेपछि उनले घरमा मिलादी कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा जिल्लाको विभिन्न क्षेत्रबाट सयौंको संख्यामा मुस्लिम वर्गहरुको उपस्थिति रहेको थियो ।


मौलना सफिउल्लाह अंसारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम प्रमुख अतिथि एवं उक्त मदरसाका बरिष्ठ शिक्षक मुफ्ती सहाबुद्दिन, विशिष्ट अतिथि एवं फैजने अहले बैत संस्था नवलपरासीका अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिँया, अतिथि एवं तन्जिमुल ओल्मा युनियन नवलपरासीका अध्यक्ष मौलना उमर निजामी, धर्मावलम्बी मौलना मोहर्रम अलि निजामी, मौलना सेराज अहमद अंसारी, मौलाना सैयद सद्दाम हुसैन मिँया, मौलाना वसिउल्लाह निजामी, युवा समाजेवी कासिद अली, हाजी ईस्हाक मिँया, हाजी सैयद ईजहार मियाँ लगायतले आजको दिनमा मुस्लिम समुदायको एकता आवश्यक रहेको बताए । कार्यक्रममा वक्ताहरुले नेपाल देशमा शान्ति, अमन चयन कायम होस कामना गर्दै सरकारले पिछडिएको यस मुस्लिम समुदायको विकास लागि विभिन्न चेतना मुलक तथा विभिन्न शिप मुलक कार्यक्रमको प्रबन्ध मिलाउनु पर्ने माग गरेका थिए ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!