सर्लाहीको बलरामा एकजना युवकको संकास्पद मृत्यु

Posted on: 16 Oct, 2017

सरोज यादव | असोज ३०, सर्लाही | सर्लाहीको  बलरामा एकजना युवकको संकास्पद मृत्यु भएको छ । जिल्लाको बलरा नगरपालिका वार्ड नम्बर १० सुदामा गाँउमा सोमबार एकजना पुरुषको शंकास्पद अवस्थामा मृत्यु भएको छ । 

मृतक सुदामाको वर्ष ४० को प्रभु साह रहेको सर्लाही प्रहरीले जनाएको छ । मृतक साहको शव पोस्ट मार्टमका लागि  मलंगवा अस्पताल लगिएको हो । घटना रहस्यमय रहेको हुनाले थप अनुसन्धान भइरहेको जिला प्रहरी कार्यालय सर्लाहीको  एसपि मसाउद आलम खाँले साझासबाल डट कमलाई जानकारी दिएको छ ।

त्यस्तै, करिव एक लाख भन्दा बढीको फटक्का सर्लाही पुलिसले बरामद गरेको छ । सर्लाहीको कबिलसी नगरपालीका वार्ड नम्बर ८ बाट काठमाडौं तर्फ लैजादै गरेको ना ५ ख २७७० नम्बरको यात्रुवाहक बस बाट भारी मात्रामा सोमबार साझमा फटक्का बरामद गरेको प्रहरीले जनाएको छ । बस बाट भारी मात्रामा विभिन्न प्रकारको फटक्का बरामद गरि नियन्त्रणमा लिएको स्रोतको दाबी रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!