भारतको जागिर छाडी म्यादि प्रहरीमा आवेदन

Posted on: 17 Oct, 2017

नरी बडु | असोज ३१, बैतडी | जिल्लाको दशरथचन्द नगरपालिका– ७ सुर्कालका हेमराज बडु भारतको नयाँदील्लीमा रहेको एक अस्पतालमा रहेको क्यान्टीनमा कुकको काम गर्दथे । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेपाल सरकारले ठुलो संख्यामा म्यादी प्रहरीको माग गरेपछि उनि म्यादी प्रहरी बन्न नेपाल फकिएका छन् । हेमराजत एउटा उदाहरणमात्र हुन यसरी म्यादी प्रहरीमा एक महिने जागिर खान भारतको जागिर छाडी आएका धेरै युवाहरुले म्यादी प्रहरीमा आवेदन दिएका छन् ।

नेपाल सरकारले युवालक्षित विभिन्न कार्यक्रम हरु ल्याएको दाबि गरेपनि पछिल्लो समय नेपालमा बेरोजगारीको समस्या दिनानुदीन बढ्दै गएको छ । सुदूरपश्चिमको प्रमुख रोजगारीको केन्द्र मानिने भारतमा यस क्षेत्रका अधिकासं युवाहरु जाने गर्दछन् ।


एकिन तथ्याङ्क नभएपनि दिनैपछिच्छे युवाहरुका हुल भारतीय रोजगारीका लागि जाने गरेको देखिन्छ । तर भारत बाट रोजगारी गरेर तीहारको लागि फर्केका अधिकासं युवाहरुको म्यादी प्रहरीमा आक्रषण बढेपछि भारत जाने युवाहरुको संख्या पनि पातलिएको छ । म्यादिको निवेदन दिनेमा भारतबाट रोजगारी गरी तीहार मनाउन घर फर्केका युवाहरु बढी छन् ।  बेरोजगारीको समस्याले भारतका विभिन्न सहरहरुमा न्युन ज्यालामा कठिन काम गर्न बाध्य युवाहरु अहिले स्वदेश फर्किएका छन् ।

नेपाल सरकारले देशभरी ९८ हजार २ सय ६८ म्यादि प्रहरीको माग गरेको छ । ५५ दिनका लागि ठुलो संख्यामा नेपाल सरकाले कर्मचारी माग गरेपछि युर्वाहरु भारतको काम छोडेर नेपाल भित्रिएका हुन् । बैतडी जिल्लामा मात्रै एक हाजर आठ अठार युवाहले म्यादी प्रहरीमा आवेदन दिएका छन् ।

“नेपाल सरकारको जागिर खाने ठुलो इच्छ्या भएकाले एकै महिनाको लागि भएपनि म्यादी प्रहरीमार्फत देशको सेवा गर्ने मन छ” स्थानीय युवा संकरसिह दमाईले भने । भोट माग्ने बेला रोजगारीको ग्यारेन्टी गर्ने दलका नेताहरुले युवाहरुलाई कुनै किसमको रोजगारी दिन नसकेको र अहिले म्यादी प्रहरीमा  ढुलो संख्यामा भर्ना खुलेकाले भारतको काम छोडी म्यादी प्रहरीमा निवेदन दिन आएकोस्थानीय युवा महेशप्रसाद पन्तको भनाई छ ।

सुदूरपश्चिमका अधिकासं युवाहरु भारतका विभिन्न सहरहरुमा कठिन कामहरु गर्न बाध्य भएका छन् । जिम्मेवारीको काम राम्रो संग गरेपनि नेपाली भन्ने थाहापाएपछि आफुहरुलाई भारतिय मालिकहरुले दुख दिने गरेको युवाहरुको गुनासो छ । “नेपालमा जागिर पाईने आश मरेपछि आफुहरु भारतमा गएर न्यून ज्यालामा कठीन काम गर्न बाध्य छौँ” दमाईले भने । “भारतमा काम खोज्दा नेपाली हुँ भनेर परिचय दिए आफुहरुलाई कठिन काम गराउने भएकाले कहिलेत भारतियनै  हँु भनेर ढाँट्नुपर्छ ।” म्यादी प्रहरीमा निवेदन दिन आएका युवा भानदेव बडुले भने । गएको स्थानीय तह निर्वाचनमा पनि बैतडीका ७ सय बढी युवाहरुले म्यादी प्रहरीमा जागिर पाएका थिए । देशको सेवा गर्न मन सबैलाई भएपनि नेपालमा सेवा गर्ने अवसर समते नमिल्ने गरेकाले विदेशिनुपरेको युवाहरुको गुनासो छ ।

तश्विरमा: म्यादी प्रहरीमा आवेदन दिन फारम भर्दै बैतडीका युवाहरु । म्यादी प्रहरीमा आवेदन दिने अधिकासं युवाहरु भारतको जागिर छाडेर आएका छन् । तस्बिरः नरी बडु

यस बिषयमा तपाइको प्रतिक्रिया...!