सर्लाहीमा सुन ब्यपारीको हत्या प्रकरण: पाँचजना पक्राउ

Posted on: 17 Oct, 2017

सरोज यादव | असोज ३१, सर्लाही | सर्लाहीमा सुन ब्यपारीलाई हत्या गरेको आशंकामा सोमबार पाँचजनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको पिपरिया निबासी सुनचाँदी दोकान धनिलाई हत्या गरेको आरोपमा सर्लाही पुलिस पाँच जनाई पक्राउ गरेको स्रोतले जनाएको छ । 

हत्या भएको एक साता पछि  पुलिसले हत्यामा संलग्न रहेको आशंकामा पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको छ । पुलिस स्रोतको अनुसार हत्यारा भारतीय पुलिसद्वारा पनि समन्वय भई खोजी कार्य भइरहेको छ ।

असोज २४ गते पिरारीमा रहेको सुनचाँदीको पसल बन्द गरि घर फर्किने बेला आज्ञात समूह द्वारा बाटोमै गोलि हानी ब्यपारीलाई हत्या गरिएको थियो । घट्ना रहस्यमय रहेको हुनाले हत्याराको खोजतलासी विभिन्न प्रक्रिया गरि  अनुसन्धान समेत भइरहेको सर्लाही पुलिसले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!