प्राथमिक स्वास्थ्य केन्द्र छतिवनमा राजन दङ्गाल

Posted on: 17 Oct, 2017

असोज ३०, मकवानपुर | मकवानपुरको पुर्वि क्षेत्रमा रहेको निर्वाचन क्षेत्र स्तरको रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको सञ्चालक समितीको अध्यक्षमा राजन दङ्गाल चयन हुनुभएको छ ।

आज मंगलबार बसेको सर्वपक्षिय वैठकले बकैया ४ का वडा अध्यक्ष राजन दङ्गाललाई सर्वसम्म्मतीले सञ्चालक समितीको अध्यक्ष चयन गरेको हो । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको परिमार्जित एैन तथा गाँउपालिकाको स्वास्थ्य केन्द्र अवस्थित स्थानीय वडाको अध्यक्ष सञ्चालक हुने व्यवस्था भए  सगै आज एक कार्यक्रमका विच दङ्गाललाई अध्यक्ष चयन गरीएको हो । साथै आजको पदस्थापन कार्यक्रमले संरक्षकमा गाँउपालिका अध्यक्ष दामोदर खनाल,तथा सदस्य सचिवमा डाक्टर प्रमार्थ बस्नेत रहेको ८ सदस्यीय सञ्चालक समिती चयन गरीएको हो । दैनिक रुपमा सयौको उपचार सेवा प्रदान गरीरहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई मिनी अस्पतालको रुपमा लिइन्छ ।

अस्पतालमा हाल चालु अवस्थामा २ वटा एम्वुलेन्स समेत सञ्चालनमा छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!