जिल्लाको उत्तरी क्षेत्रमा सिडिएमए, नमस्ते फोनमा समस्यै–समस्या, हाकिमलाई हाई सन्चो

Posted on: 17 Oct, 2017

चिसाङ शेर्पा | असोज ३१, खोटाङ | सिडिएमए तथा नमस्ते फोन नचल्दा जिल्लाका उत्तरी क्षेत्रका स्थानिय वासिन्दाहरु ३ महिनायता सञ्चारवाट वञ्चित बनेका छन् । केपीलासगढी गाउँपालिकाको वाक्सिलास्थित घिनुडाडाँमा रहेको स्काई र ऐसेलुखर्क गाउँपालिकाको झोलेडाडाँमा रहेको नमस्ते फोनको टावरले पुर्णरुपमा काम नगर्दा उत्तरी क्षेत्रका गाविसहरु सप्तेश्वर, वाक्सिला, सुङदेल, दिप्सुङ, राखावाङदेल, वासपानी, फेदी र खार्ताम्छाका लगभग १० हजार वासिन्दाहरु फोन तथा ईन्टरनेट सेवावाट वञ्चित हुनुपरेको छ ।

केपीलासगढी गाउँपालिकाको वाक्सिला घिनुडाडाँमा अवस्थित स्काई फोनको टावरमा सोलार प्यानल राखिएको छ । हुस्सु लाग्दा काम नगर्ने तथा साँझ भएपछि नेटवर्क नआउँने समस्या छ । ऐसेलुखर्कको झोलेडाडाँ रहेको नमस्ते फोनको पनि समस्या उस्तै छ । आशिंक रुपमा नेटवर्क आउँने र नेट नचल्ने, नेटवर्क भएपनि फोन नलाग्ने लागेता पनि १ मिनेट नभई कटिने समस्या छ ।

‘केपीलासगढी गाउँपालिकाभित्र पर्ने अति विकट दिप्सुङ र सुङदेलमा स्काई फोनको टावर नै आउँदैन, आउँने भनेको त्यही नमस्ते फोनको हो, त्यो पनि आंशिक रुपमा आउँने जाने हुंदा त्यस भेगका स्थानियहरु अन्धकारमा वस्न वाँध्य रहेका वाक्सिलाका स्थानीय कोशी कुमार राई बताए ।’

‘सदरमुकाम टाढा छ, टेलिकममा समस्या दर्साउँदा पनि काम नै गर्दैनन् हामी त, दिउँसै अन्धकारमा हुन्छौ । कसले त्यहाँका जनताका पिडा बुझिदिने, लौन हजुर सञ्चार माध्यमले केही गरिदिनुप¥र्याे । रावाखोला लघु जलविधुत योजनाका सचिव युवाराज सुनुवारले बताउनुभयो ।’   

सञ्चारजस्तो अनि संवेदनशिल क्षेत्रमा व्यापक समस्या आईरहंदा टेलिकम केही गदैनन् नि ? भन्ने प्रश्नमा दुरसंञ्चार शाखा कार्यालय खोटाङका प्रमुख ज्योती नारायण चौधरीले ‘सो समस्या पहिले नै आफुकहाँ आएको र खोटाङ जिल्लाको विटिएस सेवा प्रणाली हेर्ने ओखलढुंगालाई अग्रीम जानकारी गराईसकेको र उनीहरुले अनुसन्धान गरेर काम अगाडी बढाउने बताए ।’ 

पछिल्लो अवस्थामा जिल्लाको टेलिफोनमा समेत समस्यै–समस्या हुने गरेको छ । दिक्क्तेलकै हकमा पनि कतीपय स्थानमा स्काई तथा नमस्ते फोनले काम गर्दैन । आवाज प्रष्ट नसुनिने, नेट नचलने समस्याले यसका उपभोक्ताहरु हैरान वनेका छन् । विशेषगरी दुरसंञ्चारले वितरण गरेका लेण्डलाईन फोनमा समस्या हुंदा एडिएसएल नेट नै नचल्ने गरेको छ । प्रशासनसहितले ताकेता गर्दा समेत जिल्लाका टेलिफोन समस्या सन्तोषजनक रुपमा हल भएको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!