पोखरामा देउसी भैलो कार्यक्रम बेलुका १० बजे सम्म

Posted on: 17 Oct, 2017

पोखरा, ३१ असोज । हिन्दु नेपालीहरुको दोश्रो ठुलो चार्डको रुपमा रहेको तिहार पर्वको अवसरमा सुरक्षाको दृष्टिले बेलुका १० बजेसम्म मात्र देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम आयोजन गर्न प्रशासनले आग्रह गरेको छ ।शान्ति सुरक्षालाई प्रतिकुल असर पार्न सक्ने हुनाले बेलुका १० बजे पछि कास्कीमा देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम आयोजन नगर्न जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको सुचनामा उल्लेख छ ।



जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत अनिल कुमार शाहीको हस्ताक्षरित सुचनामा तिहार, छठ जस्ता पर्वको अवसरमा भुईचम्पा, पटका र आतसबाजी जस्ता विष्फोटक पदार्थहरुको प्रयोगबाट सर्वसाधारण जनताको स्वास्थ्यमा प्रतिकुल असर पर्न जाने भएकोले यसको उत्पादन, आयात, नियौत, विक्रि वितरण परिवहन तथा प्रयोग नगर्न चेतावनी दिएको छ । कानुनले वन्देज गरेका कुरा कसैले जबरजस्ती गरेमा गरेको खण्डमा कारबाही गरीने भएको प्रशासनले चेतावनी दिएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!