शान्ति र समाजिक सदभाव कायम हुनेगरी तिहार मनाउँन आग्रह

Posted on: 19 Oct, 2017

लोकेन्द्र प्रशाद जोशी | कात्तिक २, दार्चुला । शान्ति सामाजिक सदभाब नखल्बलीने गरेर तिहार मनाउँन सबैलाइ प्रहरीले आग्रह गरेको छ । अहिले जिल्ला सदरमुकाम लगायत ग्रामिण क्षेत्रहरुमा जुवातास र मदिरा सेवनका घटनाहरु बढीरहेको भन्दै यस्तो कार्यमा संलग्नलाइ कानुनअनुसार कार्बाहि गरीने दार्चुला जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक जनक बहादुर साहीले जानकारी दिनुभयो । जिल्ला सदरमुकाममा हिजोआज चोरीका घटनाहरु घटन थालेकोले रातीको समयमा झ्यालढोका बन्द गरेर तथा घर बाहिर बत्तिबालेर सुत्न तथा सुरक्षा सर्तकता अपनाउँन आम नागरीकमा प्रहरीको आग्रह छ ।


तिहारमा पटाका तथा ज्वलनशील पदार्थ भित्रिन सक्ने भन्दै सीमा क्षेत्रमा चेकजाँचमा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक जनक बहादुर साहीले जानकारी दिनुभयो । विशेष गरेर पटका भारतबाट आयात हुने भन्दै सीमानाका खलंगा लगायतका क्षेत्रमा चेकजाँचमा कडाइ गरिएको हो । पटाका ओसारपसार, किनबेच गर्ने र पड्काउने सबैलाई कारवाही गरिने उहाले बताउनुभएको छ । पटाकाको ओसारपसार र कारोवार हुने ठाउँको पहिचान गरेर प्रहरीले निगरानी बढाएको उहाको भनाइ थियो ।

तरपनी जिल्ला सदरमुकाममा पटाका लगायतका बिस्पोटक पदार्थहरुको प्रयोग भइरहेको छ । बुधबार मात्रै सिमानाका खलंगा पुलघाटबाट बच्चाहरुले नेपाल भित्राउदै गरेको अवस्थामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले ७० प्याकेट पटाका बरामद गरेको छ । तिहारलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि प्रहरीले सबै सीमावर्ती नाकाका भारतीय प्रहरीसँग समन्वय गरेर चेकजाँच बढाएको जनाएको छ ।

चाडपर्वका नाममा रमाईलो गर्दा पटकाको आवाज र आतसवाजीले ध्वनी प्रदूषण हुने, धनजनको क्षति हुने, आतंक फैलिने र मानवीय स्वास्थ्यमा समेत असर पर्ने भएपछि कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । तिहारलाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्न देउसी भैली राती ९ बजेपछि नखेल्न पनि प्रहरीले आग्रह गरेको छ ।

भारतीय बजार धारचुलाबाट वालवालिकाहरुले लुकाई छिपाई पटाका, भुईचम्पाजस्ता बिस्पोटक पदार्थ नेपाल भित्र्याउने गरेका छन । प्रहरीको आँखा छलेर नेपाल ल्याई बिष्पोटक पदार्थ प्रयोग गरीरहेका हुन । यस्ता बिष्पोटक पदार्थको प्रयोगगर्दा मानब स्वास्थ्यमा प्रत्यक्ष वा अप्रतक्ष्य रुपमा असर पर्ने र प्रयोगमा त्रुटिभएमा अङगभङगहुने सम्भावना समेत रहने गर्दछ । भारतमा पटाकाको खुल्ला व्यापार तथा रमाईलोका लागी पट्काइने भए पनि नेपालमा भने यस्को पुर्णतया रोक लगाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!