उदयपुरमा जुवाको खालबाट वडा अध्यक्ष सहित ३० पक्राउ

Posted on: 19 Oct, 2017

तुलसी प्रसाद कोईराला | कात्तिक २, उदयपुर |  जुवा खेलिरहेको अवस्थामा गाउँपालिकाका वडा अध्यक्ष सहित ३० जना बुधबार बेलुकी पक्राउ परेका छन । उदयपुरको रौतामाई गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष टेक बहादुर बलम्पाकी मगर रौतामाई गाउँपलिका ७ स्थित मुर्कुची बजारबाट पक्राउ परेका हुन । मगर नेपाली काग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन ।

वडा अध्यक्ष सगै पक्राउ पर्नेहरुमा रौतामाई गापा ७ बस्ने भीम बहादुर मगर, रौतामाई ७ बस्ने धर्म तामाङ, सबिन आले, नारायण राय, रौतामाई ७ बस्ने अनिल थापा, त्रियुगा नगरपालिका ७ बस्ने जगत मगर, त्रिनपा १६ बस्ने उपेन्द्र मगर, देब ब.मगर, खड्ग ब. मगर  रहेका छन । 

रौतामाई गापा ७ मुर्कुचि बजार स्थितमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी सुकौराको प्रहरी टोलीले पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जुवा खेल्नेहरुको साथबाट ८६ हजार नगद सहित १६ थान कौडा बरामद गरेको उदयपुर प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको छ । 

त्यसैगरी जिल्लाकै त्रियुगा नगरपालिका ११ संगमटोलबाट जुवा खेलिरहको अवस्थामा विस जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका ११ बस्ने सुमन्त कोईराला, दिपन राई, उदयकुमार भन्ने बलबहादुर कार्की, टामेन्द्र राई, डम्बर राई, भबिन्द्र खत्री रहेका छन । त्यसैगरी त्रिनपा ११ कै बिश्व राई, सुनिल राई, राजु तुलाधर, चुडामणी राई, नबिन बस्नेत, बि.एन. राई, रमेश बुढाथोकीलाई पक्राउ गरिएको छ । भने त्रिनपा १० बस्ने किरण पाण्डे, जिवन पाण्डे, राम कुमार श्रेष्ठ, राम खड्का, त्रिनपा १२ बस्ने चक्र ब.राई, त्रिनपा ८ का हरि बस्नेत र त्रिनपा ५ का पृथ्वी राईलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको छ । 

प्रहरी उपरिक्षक नवराज भट्टको नेतृत्वमा रहेको टोलीले घर घेराहाली छापा मार्दा नगद दुईलाख ७२ हजार ९ सय ८० सहित ३२ थान कौडा, ६ सय ८७ पत्ती तास मोवाईल थान २१ समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ । दशैको बेला असोज १३ गते राती जिल्ला प्रहरीले तास खेलिरहेको अवस्थामा केही व्यक्ति पक्राउ गरि गल्ती नगर्ने शर्तमा छाडेको थियो । जुवा ऐन २०२० अनुसार जुवा खेलेमा पहिलो पटकलाई दुई सय सम्म जरिवाना, दोस्रो पटकलाई एक महीना देखि तीन महीनासम्म कैद र तेस्रो पटक देखिकोलाई १ वर्ष कैद हुने व्यवस्था छ । पक्राउ परेकालाई छुटाउन जिल्ला प्रहरी कार्यालयमा विहानै देखी दोस्रो तहका नेताहरुको भिड लागेको छ । पहिलो तहका नेताहरु टिकटका लागि काठमाण्डौ गएकाले जिल्लामा रहेका दोस्रो तहका नेताहरु प्रहरी कार्यालयमा पुगेर छाडन दवाव दिएको प्रहरीले बताएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!