विधुत्तीय झिलिमिलिले कुम्हालको पेशा धरापमा

Posted on: 19 Oct, 2017

मोहम्मद ईजहार शेष | कात्तिक २, परासी | अहिले तिहार, तराई मधेसमा उज्यालोको पर्व दिपावली भनेर मनाईदै छ । तर आधुनिकता भन्दै दिपावलीमा विद्युत्तिय बत्ती र मैनबती प्रयोग गरि कस्ले आफ्नो घर धेरै भिलिमिली पार्न सक्यो भन्दै केही वर्ष यताबाट अस्वस्थ प्रतिस्पर्धा सुरु भएपछि खासगरि ग्रामीण क्षेत्रका विपन्न समुदायले खल्लो महशुस गरेका छन् । यता दिपावलीमा प्रयोग गरिने माटोका पाला बनाउने कुम्हाल जातीको पेशापनि विद्युतीय झिलिमिलीले धारासायी बन्दै गएपछि उनिहरुले चिन्ता ब्यक्त गरेका छन् ।

तश्विरमा : पाल्हीनन्दन गाउँपालिका–१ का पूर्णवाशी कोहांरले माटोको पाला बनाउदै । तस्बीरः मो.ईजहार शेष

तराई मधेसमा बसोबास गर्ने कोहांर (कुम्हाल) जात विभिन्न प्रकारका भाँडाकुँडा बनाउने पेशामा संल्गन भएका कुम्हाल जातीहरुको पेशा विस्तारै धारासायी बन्दै गएपछि उनिहरुले चिन्ता ब्यक्त गरेका छन् ।  दिपावलीमा घर उज्यालो बनाउन कुम्हालले बनाएको पाला प्रयोग नगरि पछिल्लो समय विद्युत्तीय झिलिमिलीमा सर्वसाधरणको आकर्षण भएपछि कुम्हाल जातीलाई जीवन निर्वाह गर्न गाह्रो भएको भन्दै उनिहरुले चिन्ता ब्यक्त गरेका हुन् । मधेसमा कुम्हालको सबैभन्दा बढि ब्यपार भनेकै दिपावलीको बेला हुन्छ ।  ५० वर्ष भन्दा अघिवाट माटोका विभिन्न भाडाकुडा तथा पाला बनाउदै आएका पाल्हीनन्दन गाउँपालिका वडा नं.२ हरपुरका पुर्णवाशी कोहांरले आफुहरुको पेशा दिनप्रति दिन खस्किदै गएको  दुखेसो पाख्नु भएको छ । विगतका दिनहरुमा उँहाको ब्यवसाय वर्षभरि राम्रो तरिकाले चलेपनि अहिले दंशै र तिहारको बेला समेत वर्षेनी ब्यवसाय घट्दै गएको उँहाले तितो अुनभव सुनाउनु भयो । यस्तै विगतका वर्षहरुमा दशैं र दिपावलीकै बेला माटोका पाला र अन्य भाँडा बेचेर १० क्युन्टलभन्दा बढि धान साट्ने गर्नुभएको सरावल गाउँपालिका वडा नं.६ का अयोध्या कोहांरको ब्यवसाय यतिबेला २/३ क्युन्टल धानको ब्यपारमा सिमित भएको छ । विद्युतीय झिलिमिली र मैनबत्तिको आकर्षणले आफुहरुको ब्यपार घटदै गएपछि जिवन निर्वाह गर्न गाह्रो भएको अयोध्या कोहांरले बताउनु भयो । 

तश्विरमा: सरावल गाउँपालिका–६ का अयोध्या कोहांरले माटोको पाला बेच्दै । तस्बीरः मो। ईजहार शेष

 पहिला अधिकांस घरायसी प्रयाजनका लागिसमेत माटोको भाँडाहरु प्रयोग गर्ने गरिएपनि अहिले फलाम, शिल्वर लगायतका भाँडाहरुको प्रयोग बढेको छ । बिशेष गरेर पुजन् कार्यमा प्रयोग गरिने माटाका बिभिन्न भाँडाकुँडाहरुमा कलात्मक तरिकाले बिभिन्न धार्मिक तस्बीर र चिन्हहरु कुंदिएका हुन्छन् । घरमा पुजाको लागि प्रयोग गरिने विभिन्न देवता र जनावरका मुर्तिहरु समेत माटोवाट बनाईने गरिन्छ । तर पछिल्लो समय सर्वसाधरणहरु पुजन् कार्यमा पनि, फलाम, सिमेन्ट जस्ता बस्तुवाट बनाईएका जग, मुर्ती जस्ता सामागी्रहरु प्रयोग गरेपछि उनिहरुको पेशासँगै धार्मिक कलामा समेत आँच पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!