भैलो खेलिरहेका महिलालाई हेटौडाका मेयरले पेस्तोल लिएर लखेटे

Posted on: 21 Oct, 2017

कात्तिक ४,  मकवानपुर | हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबोल महतले दादागिरी शैलीमा भैलो खेलिरहेका महिलालाई दब्र्यवहार गरेका छन् । 

विहिबार राती भैलो खेलिरहेका महिलाहरुको टोलीलाई गोली ठोक्दीन्छु भनेर तर्साउदै भैलो टोलीका सदस्यलाई कुटपिटसमेत गरेका छन् । टोलीमा सहभागी  सुनिल राईलाई कुटपिट गर्दै  टोलीले लगेका स्पीकरसमेत मेयरले तोडफोड गरेको प्रत्यक्षदर्शीको भनाइ छ । 

मदिरा सेवन गरेका मेयरले हेटौंडाको सिँचाइ टोलमा देउसी भैलो खेलिरहेका स्थानीय समूहलाई मेयरले यस्तो दुब्र्यबहार गरेका हुन् । स्थानीय राज्यकुमारी चौंलागाइँको घरमा भैलो खेलिरहेका समूहमाथि महतले धम्की पुर्ण शब्द प्रयोग गर्दै बन्दुक देखाएर लखेटेको बताइएको छ । 

भैलो कार्यक्रम भईरहेको घरका घरधनी चौंलागाई पनि पूर्वप्रहरी हवल्दार रहेको बताइएको छ। गेटमा लात्तले हान्दै कम्पाउण्डभित्र छिर्न खोजेका मेयर महतले सुरुमा गेट खोल्न नसकेपछि गेटको प्वालबाट बन्दुकको नाल भित्र छिराएका थिए । भित्र गएर पनि मेयर महतले ‘राइफल’ देखाएपछि भैलो खेल्नेहरुको भागाभाग गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!