दार्चुलामा जिप दुर्घटना एक जनाको मृत्यु, चालक गम्भीर घाईते

Posted on: 22 Oct, 2017

लोकेन्द्र प्रशाद जोशी | कात्तिक ५, दार्चुला ।


दार्चुलाको महाकाली नगरपालीका ९ दत्तु चुच्चाइ नजिक आइतबार बिहान ८ः४५ बजेतिर जिब दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । भने एक जना गम्भीर घाइते भएका छन ।

जिल्ला सदरमुकाम खलंगाबाट मालीकार्जुनकालागी छुटेको से १ ज ५९६ नम्बरको जिब आज बिहान चुच्चइ भिरबाट करीब १०० मिटर तल खस्दा जिबमा सवार महाकाली नगरपालीका ७ का जिबधनी साहु नबराज बडुको घटनास्थलमै मृत्यु भएको हो । भने जिब चालक देबराम कोली गम्भीर धाइते रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

घाइतेको जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भब नभएपछि थप उपचारकालागी कोहलपुर रिफर गरीएको प्रहरी निरिक्षक रणबहादुर चन्दले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!