दार्चुलामा भिरबाट खसेर एक जनाको ज्यान गयो

Posted on: 23 Oct, 2017

लोकेन्द्र प्रशाद जोशी | कात्तिक ६, दार्चुला । दार्चुला जिल्लाको शैल्यसिखर नगरपालीका ९ पुनेढुगांमा नहरबाट खसेर एक जनाको ज्यान गएको छ । 

सोमबार बिहान नहरको बाटो भएर घरबाट खर्क जानेक्रममा  शैल्यससिखर ९ नक्तडबासी ३५ बर्षीय रामधनी बिष्टको ज्यान गएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।

बिष्टको नहरको बाटो भएर खर्क जादैगर्दा १०० मिटरजति तल भिरबाट खसेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरिक्षक बोधराज ओझाले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरिक्षक ओझाको टोली घटनास्थलामा खटिएको छ । आजै मृतकको गोकुलेश्वर अस्पतालमा पोष्टमाटम गरीने प्रहरीले जनाएको छ । मृतक बिष्टको परिवारमा श्रिमति २ छोरी र १ छोरा रहेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!