म्यादी प्रहरीको लिखित परीक्षा सकियो

Posted on: 24 Oct, 2017

लोकेन्द्र प्रशाद जोशी | कात्तिक ७, दार्चुला । आगामी मंसिर १० गते हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सुरक्षाको लागि म्यादी प्रहरी छनोट चलिरहेको छ । दार्चुला जिल्लामा म्यादीप्रहरीको छनोट कात्तिक ५ गतेबाट भइरहेको हो । पहिलो चरणमा फिजिकल लगायतमा पास भएकाहरुले मंगलवार दार्चुला सदरमुकामको बसपार्कमा रहेको नेपाली सेनाको खुला जमिनमा सामुहिक लिखित परीक्षा दिएका छन । लिखित परीक्षामा २५ ओटा बहुबैकल्पीक प्रश्नको उत्तर दिनकोलागी ३० मनेटको समय छुट्टाइएको थियो ।


सदरमुकामा दौड र सामान्य फिजिकल चेकजाचँमा छनोट भएर आएका १ हजार ३ सय ५३ जनाले लिखित परीक्षा दिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जसमध्ये ११ सय ५४ पुरुष र १ सय ९९ महिला रहेका छन । जम्मा ६ सय ७३ जना आवश्यक रहेकोमा झन्डै तेब्बर १७ सय १ जनाको आवेदन परेको थियो ।

लिखित परिक्षा दिएका मध्ये बुधबार बिहानसम्म कपीजाँच गरेर नतीजा निकाल्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरिक्षक जनक बहादुर शाहीले जानकारी दिनुभयो ।

म्यालीकोलागी बैदेशिक रोजगारी गरी घर फर्कीएका, पहिला सुरक्षाकर्मी भएर छोडेका वा अवकासमा परिसकेकाले र पुर्ब म्यादीहरुले समेत परिक्षा दिएका छन ।

देशमा शिक्षित बेरोजगारहरुको संख्या दिनप्रतिदिन बढी रहेको कारणपनि उच्च शिक्षा प्रबिधिक शिक्षा र स्नातक तह अद्ययन गरीरहेका युवायुवतिहरुले समेत म्यादीमा परिक्षा दिएका छन । हातमा उच्च शिक्षाका प्रमाणपत्रहरु भएपनि वेरोजगारीको समस्याले म्यादी प्रहरीमा आएको युवाहरुले भनाई छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!