लागुऔषधसहित दुई महिला र एक पुरुष पक्राउ

Posted on: 26 Oct, 2017

कात्तिक ९, इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका–६ टेम्पो स्टेण्डबाट प्रहरीले बुधबार राति लागुऔषधसहित दुई महिला र एक पुरुषलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सुनसरी सदरमुकाम इनरुवा–४ महेन्द्रचोकका ३० वर्षीया संगीता चौधरी, सखुवागाछीका ३५ वर्षीया सुनिता चौधरी र इटहरी–४ जागृति टोलका ३१ वर्षीय गौतम गुरुङ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिनुभयो । 

विशेष सुराकीका आधारमा खटिएको प्रहरीको टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट एक हजार पिस अर्थात् ९५० पत्ता लागुऔषध नाइट्रोजन चक्की बरामद गरेको हो । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चिमोरियाले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!