श्रद्धान्जली सभा सम्पन्न

Posted on: 31 Mar, 2016

प्रकाश धौलाकोटी/ चैत १८,तेह्रथुम । नेपाल सुनचाँदी कला व्यवसायी समाज तेह्रथुमका संस्थापक सदस्य टिकाराम रसाइलीको निधन भएको दशौँ दिनको अवसरमा समाजले आज श्रद्धान्जली सभा सम्पन्न गरेको छ । म्याङलुङ नगरपालिका–११, साब्लास्थित स्व.रसाइलीकै घरमा पुगेर समाजले मृतकप्रति श्रद्धान्जली तथा शोक डुबेको परिवारप्रति समवेदना व्यक्त गरेको हो । कार्यक्रममा समाजका महासचिव रमेश घिमिरेले सुनचाँदी व्यवसायी हित लगायत अन्य क्षेत्रमा रसाइलीले पुर्याएको योगदानबारे चर्चा गर्नुभएको थियो । श्रद्धान्जली सभामा समाजका पुर्व अध्यक्ष प्रेम शंकरले स्व.रसाइलीको फोटोमा माल्यार्पण तथा अविरजात्रा गरी श्रद्धान्जली गर्नुभएपछि समाजका पदाधिकारी, सदस्य तथा सुनचाँदी व्यवसायीहरुले आलापालो श्रद्धान्जली अर्पण गरेका थिए । कार्यक्रम समाजका अध्यक्ष प्रकाश रसाइलीको अध्यक्षतामा भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!