ट्रिपर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

Posted on: 27 Oct, 2017

कात्तिक १०, काठमाडौं । धादिङको धुनीबेसी नगरपालिका–९ स्थित खानीखोलामा शुक्रबार बिहान सवारी दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ ।

धादिङको जुँगेखोलाबाट काठमाडौंतर्फ गइरहेको ट्रिपर र काठमाडौंबाट नौबिसेतर्फ गइरहेको बा८२प ७७९७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा ज्यान गुमाएकाको सनाखत हुन नसकेको खानीखोला प्रहरीले जनाएको छ । बिहान ८: ३० बजे भएको दुर्घटनाको कारण नखुलेको र यसबारे थप अुसन्धान भइरहेको खानीखोला प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!