धार्मिक स्थल लक्ष्मीपुरमा शनिबार पत्रकार महासंघ सल्यानको बैठक

Posted on: 27 Oct, 2017

कात्तिक १०, सल्यान । नेपाल पत्रकार महासंघ सल्यान शाखाले कालिमाटी गाउँपालिकाको लक्ष्मीपुरमा गएर बैठक गर्ने भएको छ ।

धार्मिक एवम् पर्यटकीय स्थल लक्ष्मीपुरको त्रिकोटेश्वर, कमलाक्षी मन्दिरमा भोलि शनिबार बैठकको तय गरिएको जिल्ला अध्यक्ष प्रतिक इच्छुक शर्माले बताएका छन् ।

सल्यान जिल्ला धेरै कुरामा पछाडी परेकोले पर्यकटीय तथा धार्मीक महत्व बोकेका स्थलहरुको प्रचारप्रशारमा टेवा पु¥याउन भन्दै लक्ष्मीपुरमा बैठकको आयोजना गरिएको उनले बताए । साथै बैठकमा महासंघको तर्फबाट कसरि रचनात्मक काम गर्ने भन्ने बारेमा पनि छलफल तथा निर्णय गरिने अध्यक्ष शर्माले जानकारि दिए ।

धार्मिक पर्यटनको राम्रो सम्भावना बोकेको त्रिकोटेश्वर तथा कमलाक्षी मन्दिरको विकास र प्रचारमा संचारमाध्यम, पत्रकारले विशेष भूमिका खेल्न सक्ने भन्दै मन्दिरका अध्यक्ष अध्यक्ष तुल्सीराम ओलिले पटक पटक पत्रकारलाइ मन्दिरमा निमन्त्रणा गर्दै आएका छन् ।

यस पटक पत्रकार महासंघ सल्यानका पदाधीकारि, सल्लाहकार, केन्द्रीय तथा प्रदेश पार्षद् तथा जिल्लामा क्रियाशिल पत्रकार, संचारकर्मीहरु लक्ष्मीपुर जान लागेका हुन् । भोलि शनिबार विहान ११ बजेबाट बैठक शुरु हुने महासंघका जिल्ला सचिव शंकर केसीले जानकारि दिएका छन् । साथै उनले जिल्लाका सम्पूर्ण पत्रकारलाइ उपस्थीत हुन पनि अनुरोध गरेका छन् । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!