लेक लागेर दोलखाको रोल्वालिङमा एक जनाको मृत्यु

Posted on: 27 Oct, 2017

ताराबहादुर महत । कार्तिक १०, दोलखा । पर्यटक लिएर गएको एक जना भरियाएको दोलखाको रोल्बालिङ क्षेत्रमा लेक  लागेर मृत्यु भएको छ ।

नेदरल्याण्डका १० जना पर्यटक लिएर रोल्वालिङ क्षेत्र गएका सोलुखुम्बु जिल्ला सल्यान गाउँपालिका वडा नम्बर ४ नेचाका २५ वर्षिया मणिकुमार राईको लेक लागेर मृत्यु भएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

मृतकको शव आज नै हेलिकप्टरबाट काठमान्डौँ लगिएको प्रहरीले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!