त्रिशुली नदीमा यात्रुवाहक बस खसेर वेपत्ता

Posted on: 28 Oct, 2017

कात्तिक ११, धादिङ । धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडमा रात्री बस त्रिशुली नदीमा खसेर बेपत्ता भएको छ ।

सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको बस आज बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको हो । बस नम्बर नखुलेको र कति यात्रु थिए भनेर एकीन पनि गर्न नसकिएको गजुरी प्रहरीले जनाएको छ ।

दुर्घटना स्थलबाट १५ जना घाइतेलाई उद्धार गरिएको गजुरी प्रहरीले जनाएको छ । थप बिवरण आउन बाँकि ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!