जापानमा रहेका गल्कोटवासीले पठाए एउटै विद्यालयलाई २३ लाख भन्दा बढि सहयोग

Posted on: 30 Oct, 2017

प्रेम सुनार/कात्तिक १३, गुल्मी । बागलुङको एक विद्यालयको लागि जापानमा रहेका गल्कोटवासीबाट मात्रै २३ लाख भन्दा बढी आर्थिक सहयोग संकलन भएको छ । 

हिरक महोत्सव मनाउन गइरहेको गल्कोट नगरपालिका वडा नं ८ काँडेवासमा रहेको जनजागृति माध्यमिक विद्यालयको लागि जापानमा विभिन्न शहरमा रहेका यस क्षेत्रका व्यक्तिहरुबाट मात्रै २३ लाख १८ हजार रुपैया रकम संकलन भएको विद्यालयका शिक्षक सोमलाल सापकोटाले  जानकारी दिए । शिक्षक सापकोटा अहिले जापानमा रहेका छन् ।


२०१४ सालमा स्थापना भएको विद्यालयले आफ्नो ६० बर्ष प्रवेश गरेको अवसरमा आँउदो माघ महिनाको १० देखि १४ सम्म विद्यालयले हिरक महोत्सव मनाउन गइरहेको छ । हिरक महोत्सवलाई लक्षित गदै विद्यालयले हाल जापानका विभिन्न स्थानहरुमा आर्थिक संकलन अभियानलाई समेत अगाडी बढाइरहेको विद्यालयका शिक्षक सापकोटाले जानकारी दिए ।विद्यालयका पूर्व विद्यार्थीहरु हाल जापानका विभिन्न ठाँउहरुमा रोजगारीको शिलशिलामा कार्यारत यस क्षेत्रका झण्डै १ दर्जन भन्दा बढी नेपालीहरुबाट बोल र नगद सहयोग रकम प्राप्त भएको शिक्षक सापकोटाले बताए ।

जनजागृति माविमा हाल कक्षा १२ सम्म सन्चालन भैरहेको र ४ सय ६५ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक तेजेन्द्र बहादुर बुढाथोकीले  बताए ।

प्रअ बुढाथोकीका अनुसार जापानमा रकम संकलन अभियान जारी रहेको छ, दुईरतिन दिन भित्र शिक्षक सापकोटा जापानबाट फर्केपछी संकलन भएको रकम बारे थाहा हुने बताए ।

यहि २०७४ साल भदौ २० गते विद्यालय व्यावस्थापन समितिका अध्यक्ष वेदिलाल सापकोटाको अध्यक्षतामा विद्यालयको हिरक महोत्सव मनाउन तयारी भेला सम्पन्न भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!