गुल्मी माइक्रो बस दुर्घटना: मृत्यु हुनेको संख्या ९ पुग्यो

Posted on: 30 Oct, 2017

कात्तिक १३, गुल्मी । वुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

सोमबार बिहान तम्घासका लागि छुटेको बा४ख ५५०१ नम्बरको माईक्रो गुल्मीदरबार गाउँपालिका-४ मा दुर्घटना भएको हो । बुटवलबाट गुल्मी आउँदै गरेको बा ४ ख ५५०१ नम्बरको माईक्रोबस दिउँसो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।


दुर्घटनामा ६ जनाको घटनास्थल मै मृत्यु भएको थियो भने घाइते भएका तीन जनाको उपचारका लागि लैजादै गर्दा मृत्यु भएको  प्रहरीले जनाएको छ । उपचारका क्रममा मृत्यु हुने मध्ये एक जना गाडी चालक रहेको प्रहरीले बताएको छ ।

मृत्यु हुनेहरूमा ३ जना महिला र ६ जना पुरूष रहेका छन् । घाइते हुनेहरूमा  ५ जना पुरूष, दुर्इ जना बालवालिका र एक जना महिला रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

मृतक र घाइतेको  सनाखत भने हुन सकेको छैन् । घाइतेहरूको पाल्पाको  मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!