दर्चुलामा अरिङ्गालको टोकाईबाट बालीकाको मृत्यु

Posted on: 31 Oct, 2017

लोकेन्द्र प्रशाद जोशी/कात्तिक १४, दार्चुला । दार्चुला जिल्लामा अरिङ्गालको टोकाई बाट एक बालिकाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा महाकाली नगरपालीका ७ धाप बस्ने हरक सिह ठगुन्नाकी ११ वर्षिय छोरी पुनम ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

ठगुन्नालाई सोमबार वेलुकी घर नजिकै घास काट्ने क्रममा अरिङ्गालले टोकेर घाइते बताएको मृतकका आफन्तले बताएका छन । अरिङ्गालले टोक्ने विक्तिकै अस्पताल ल्याइएको भए पनि जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभए पछि उपचारकालागी भारतको पिथौरागढ लगिएको थियो ।

राति नेपाल भारत जोड्ने खलंगाको पुल गेट खुलाएर पिथौरागड लैजान प्रयास गरेपनि घाइते ठगुन्नाको बाटोमै मृत्यु भएको आफन्तले बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!